मलंगवा – सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी विभुषित भएका छन् ।
शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख जिल्ला अधिकारी यादवलाई सुप्रबल जनसेवाश्री र सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीलाई प्रबल जनसेवाश्री पदकबाट सम्मान गरेका हुन् ।
गएको वर्ष असोज ३ गते संविधान दिवसका दिन तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्तिलाई विभिन्न विभुषण घोषणा गर्दा त्यसबेला सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका यादव र सर्लाहीकै सहायक प्रमुख जिल्ला अधिकारी अधिकारी विभुषण पाउने सूचीमा परेका थिए ।
प्रमुख जिल्ला अधिकारी यादव र सहायक प्रमुख जिल्ला अधिकारी अधिकारी विभुषण ग्रहण गर्न संघीय राजधानी काठमाडौँ गएकाले अहिले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजकुमार थापाले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् ।