logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नयाँ वर्षमा बागमतीको निर्माणाधीन माछा पोखरी (भरत ताल) मा उर्लियो ‘मानव सागर’ (फोटो फिचर)


  • उज्यालो अभियान

बागमती – नववर्ष २०८० को पहिलो दिन अर्थात् नयाँ वर्षको दिन शुक्रबार बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (जनजनमा परिचित भरत ताल) मा मानव सागर नै उर्लिएको छ ।

१२१ बिघामा बागमती नगरपालिकाले निर्माण गरिरहेको यो तालमा हरेक अवसरमा यसैगरी मानव सागर उर्लिन्छ । शुक्रबार त झन दिन टेक्ने ठाउँ नै नरहने गरी मानिस जम्मा भएका हुन् ।

नयाँ वर्ष मनाउने र घुमफिर गर्नेहरुको शुक्रबार दिनभर अहिलेसम्मकै ऐतिहासिक भीड देखिएको त्यहाँ पुग्नेहरुले बताए ।

तालमा शुक्रबार बोटमा शयर गर्ने असंख्य रहे भने बाहिर घुमफिर गर्ने, फोटो खिचाउने पनि उत्तिनै देखिए । शुक्रबार प्रायः सबै नयाँ वर्ष मनाउन त्यहीँ पुगे ।

तालमा नेपालीसँगै भारतीय समेत उत्तिकै संख्यामा घुमफिरका लागि आउने गरेका छन् । सर्लाहीको प्रमुख पर्यटकीय स्थलको रुपमा ताल परिचित बन्दै गइरहेको छ ।

तालसहित सर्लाही र रौतहटको सीमास्थित नुनथर, पत्थरकोटस्थित जलकिनी मन्दिर, लालबन्दीस्थित शान्तिपार्क, सागरनाथ, बोहेरेडाँडा, पत्थरकोट, कैलाशपुरीलगायत पर्यटकीय पार्क तथा संरचना बनेका ठाउँहरुमा दिनभर मानिसको चहलपहल देखिएको हाम्रा संवाददाताहरुले जनाए ।

तस्बिर : श्रवण थापा शब्द : जनार्जन खत्री