logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कविलासीको आठौँ नगर सभा सम्पन्न


  • उज्यालो अभियान

कविलासी – सर्लाहीको कविलासी नगरपालिकाको ८ औँ नगरसभा बुधबार सम्पन्न भएको छ ।

केही महिनाअघि विवादका कारण स्थगित गरिएको नगर सभा राजनीतिक सहमती जुटाएर बुधबार सम्पन्न गरिएको हो । नगर सभाले विभिन्न योजनाहरु संशोधन गर्दै प्रहरी ऐनसहित ३ वटा ऐन समेत पारित गरेको कविलासी नगरपालिकाले जनाएको छ ।

नगर नयाँ प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह हाजिर भएपछि राजनीतिक सहमती जुटाएर नगर सभा गराएका हुन् ।

मेयर ब्रम्हदेव रायको अध्यक्षतामा आयोजित नगर सभामा उपमेयर पुनम कर्ण, नगरसभाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत साह, विषयगत शाखाका प्रमुख, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।