logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवामा विद्युत् सर्ट भई एक घरमा आगलागी, करिव ३ लाखको क्षति


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवामा शुक्रबार राति एक घरमा आगलागी हुँदा झण्डै ३ लाख बराबरको क्षति भएको छ ।

राति ८ बजेतिर विद्युत् सर्ट भई बरहथवा नगरपालिका–१८, कटानी बस्ने प्रकाश रायको १ तल्ले घरमा आगलागी हुँदा २ लाख ९७ हजार २०० रुपैयाँ बराबरको क्षति भएको हो ।

आगलागीबाट टेण्डका सरसामग्री जलेका छन् । आगलागी स्थानीय वासिन्दा मिलेर निभाएका थिए ।