logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा ‘सौन्दर्यमे सुगन्ध –२०७९’ गद्य संग्रहको लोकार्पण


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार बज्जिका भाषाका साहित्यकार रामचन्द्र महतो कुशवाहाले लेखेका ‘सौन्दर्यमे सुगन्ध –२०७९’ गद्य संग्रहको लोकार्पण गरिएको छ ।

भरत महतो प्रकाशक रहेको गद्य संग्रहको जिल्ला समन्वय समितिको सभा हल मलंगवामा लोकार्पण गरिएको हो । जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्रकुमार महतो, मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमलगायत भएर गद्य संग्रहको लोकार्पण गरेका हुन् ।

पछिल्लो समय बज्जिका भाषाको संरक्षण तथा सम्वद्र्धनमा क्रियाशील गोडैता नगरपालिका निवासी रामचन्द्र महतो कुशवाहाले बज्जिका भाषको गद्य संग्रह लेखेर सार्वजनिक गरेका हुन् । कार्यक्रममा बज्जिका भाषाका साहित्यकारलगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।