logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शिक्षक संघ निर्वाचन : अध्यक्षमा पासवानको अग्रता कायमै, अन्य पदमा भने उप्रेतीको प्यानल अगाडि


  • उज्यालो अभियान

हरिपुर – नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ सर्लाहीको अध्यक्षमा प्रवीणकुमार पासवानले अग्रता कायमै राखेका छन् ।

केहीबेरअघि सार्वजनिक मतपरिणाम अनुसार ५३७ मत प्राप्त गरी पासवानले अग्रता कायमै राखेका हुन् । पासवान कांग्रेसको संस्थापन पक्षका उम्मेदवार हुन् ।

उनका प्रतिस्पर्धी गणेशप्रसाद उप्रेतीले भने ४५५ मत प्राप्त गरेका छन् । उप्रेती संस्थापन इतर पक्षको उम्मेदवार हुन् । जारी मतगणनामा अध्यक्षमा संस्थापन पक्षका पासवानले अग्रता लिएपनि अन्य पदमा भने इतर पक्षका उम्मेदवारको अग्रता छ ।

नेपाल शिक्षक संघ सर्लाहीको नवौँ जिल्ला अधिवेशन अन्तर्गत महावीर जनता बहुमुखी क्याम्पस हरिपुरमा हिजो भएको मतदान अन्तर्गत अहिले मतगणना चलिरहेको हो । गएराति ९ बजेपछिबाट मतगणना चलिरहेको हो ।

निर्वाचनमा शिक्षक संघमा आवद्ध १६ सय १२ शिक्षकमध्ये १३ सय ७५ जनाले मतदान गरेका थिए । अबको २ घण्टाभित्र सम्पूर्ण मतगणना सकेर अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको संस्थापन र इतर दुई गुटले शिक्षक संघको यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् ।