logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

माण्डवीको चौथो मोड्यूलको प्रशिक्षण सम्पन्न


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/बागमती – सर्लाहीको बागमती नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिलाइ लैङ्गिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि चौथो चरणको प्रारम्भिक प्रशिक्षण बुधबार सम्पन्न भएको छ ।

हरिवन नगरपालिका ११ हरिवनस्थित सम्राट होटलमा चैत १९ गतेबाट सुरु भएको ४ दिने प्रशिक्षण बुधवार सम्पन्न भएको हो । आइएफएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग (एसडिसी), अष्ट्रेलियन सरकारको आर्थिक सहयोग र माण्डवीको आयोजनामा बागमती नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाइ प्रशिक्षण दिइएको हो ।

शी लिड्स तालिमको यस चौथो मोड्यूलको प्रशिक्षणले सहभागीहरुको नेतृत्वदायी भूमिकालाई निरन्तरता, आत्मविश्वास र सीपलाई अझ निखार्दै भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने बिश्वास लिएको तालिमका सहजकर्ता रमा पौडेलले जानकारी दिए । प्रशिक्षणमा सहभागीलाई रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरेका हुन् ।

प्रशिक्षणमा ब्यक्तिगत उत्थानशिलता, स्थानिय सरकारको योजना तर्जुमा कार्यान्वयन र अनुगमन, स्थानिय सरकारको बजेट निर्माण प्रकृया, वार्ता, शक्तिको परिचय शक्तिको मान, पैरवीको परिचय सम्बन्धि बिषयमा प्रशिक्षण दिइएको थियो । यस्तै प्रशिक्षणको क्रममा प्रिती पौडेलको संयोजकत्वमा २६ सदस्यीय बागमती महिला जनप्रतिनिधि संजाल समेत गठन गरिएको छ । सो समितिको सचिवमा गीता थापा लगायत छन् ।
आगामी आर्थिक बर्षको योजना तर्जुमा र बजेट निर्माणमा निर्वाचित महिला जनप्रतिनिधिका तालिमका लागि नगरमा पैरवी समेत गर्ने बताइएको छ । यस परियोजनाले पाँचवटा पालिकामा कार्यक्रम संचालन गरेको हो ।

जसमध्ये कविलासी, हरिपुर्वा, हरिवन, बरहथवामा यस अघिनै प्रशिक्षण सम्पन्न गरेको छ, भने बुधबार बागमती नगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाइ प्रशिक्षण सम्पन्न गरी चौथो मोड्यूलको प्रशिक्षण कार्यक्रम समापन भएको हो । परियोजनाले मुख्यतः कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समग्र नेतृत्व क्षमता सुदृढ गर्ने लक्ष्य लिएको कार्यक्रम अधिकृत श्रेष्ठले बताए ।