logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सहकारी दिवस : ६१ जनाले रक्तदान गरे, मानव सेवाश्रममा खाद्यान्न सहयोग


  • उज्यालो अभियान

हरिवन – ६६ औँ सहकारी दिवसको अवसरमा सोमबार सर्लाहीको हरिवनमा आयोजित रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् ।

हरिवन नगर सहकारी संजालसँग समन्वय गरी सगुन बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका संस्थाका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए । रक्तदान कार्यक्रमअघि हरिवनका मेयर रमेश बुढाथोकी (कमल) सहित सहकारीकर्मीहरुको उपस्थितिमा हरिवन बजार क्षेत्रमा प्रभातफेरि गरियो ।

सगुनले हरिवन १ स्थित कैलाशपुरीमा रहेको मानव सेवाश्रममा १ दिनका लागि खाद्यान्न सहयोग गरेको प्रवन्धक रानाले बताए । सहकारी दिवसकै अवसरमा आइतबार सगुनले नै जिल्लाभरका १० वटा माध्यमिक विद्यालयबीच निवन्ध लेखन प्रतियोगिता गरी बिजेतालाई सोमबार पुरस्कार वितरण गरिएको संस्थाले जनाएको छ ।

सहकारी दिवसकै अवसरमा जिल्लाभरका सहकारी संघसंस्थाले विविधि सामाजिक काम गरेका छन् ।