logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा ओरेकको फोटो प्रदर्शनी


  • उज्यालो अभियान

मलंगवा – महिला पनस्र्थापना केन्द्र (ओरेक) को ३२ औँ स्थापना दिवसका अवसरमा आइतबार सर्लाही सदरमुकाम मलंगवामा फोटो प्रदर्शनी गरिएको छ ।

ओरेकले जिल्लामा महिलाहरुको उत्थानका लागि गरिरहेको कामको फोटोमार्फत संगालो प्रदर्शनी कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमसहित महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिले अवलोकन गरेका छन् ।