logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीका इन्स्पेक्टर कार्कीको डीएसपीमा बढुवा


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख शान्तराम कार्कीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएको छ ।

इन्स्पेक्टर कार्की गृह मन्त्रालय (सचिव स्तर) को निर्णयबाट डीएसपीमा बढुवा भएका हुन् । कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालय मलंगवामा जिल्ला प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीबाट डीएसपीको दर्जानी चिन्ह ग्रहण गरेका छन् ।

कार्की अब एक महिनापछि अनिवार्य अवकाशमा जाँदै छन् । एक महिनासम्म लालबन्दी प्रहरीको इन्चार्जकै रुपमा बसेर उनी घर फर्किने छन् ।

उनी गएको वर्ष बैशाख ७ गते इलाका प्रहरी कार्यालय लालबन्दीको इन्चार्जका रुपमा हाजिर भएका थिए ।