logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुरमा दनुवार जागरण समितिको ५ औँ राष्ट्रिय अधिवेशन जारी


  • उज्यालो अभियान

तस्बिर : प्रकाश मैनाली

बयलवास – सर्लाहीको ईश्वरपुरमा दनुवार जागरण समितिको ५ औँ राष्ट्रिय अधिवेशन जारी छ ।

ईश्वरपुर नगरपालिका ७ धनपती डाँडामा अधिवेशनको शुक्रबार दिउँसो राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई दनुवारले उद्घाटन गरे । दनुवार जागरण समितिका राष्ट्रिय अध्यक्ष रुपनारायण सिंह दनुवारको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन समारोहमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार, सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार, काभ्रेको पाँचखाल नगरपालिकाकी उपमेयर सूर्यमाया दनुवारलगायतले मन्तव्य राखेका छन् ।

अधिवेशनको उद्घाटन समारोहमा दनुवार समुदायबाट विभिन्न तह, तप्कामा पुग्न सफल दुई दर्जन भन्दा बढी व्यक्तिलाई आआयोजक दनुवार जागरण समितिले सम्मान गरेको छ ।

नयाँ नेतृत्व चयन गर्दै अधिवेशन आजै राति अबेरसम्म सकिने छ ।