logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा चट्याङसहित पानी पर्दै


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ ।

मध्यान्हदेखि यस क्षेत्रको मौसम धुम्म भई अहिले पानी परिरहेको हो । बाँझो रहेको खेतबारी खनजोत गरी मकै रोप्ने प्रतिक्षामा बसेका किसानलाई यो पानीले फाइदै गरेको छ । तर गहुँ, मुसुरो, चनालगायत हिउँदे बाली भित्याइरहेका किसान भने प्रभावित भएका छन् ।

पानी परेपछि धुलो, धुवाँको प्रदुषण रोकिएको छ भने वन क्षेत्रमा लागेको डढेलो पनि निभेको स्थानीय वासिन्दाले बताएका छन् ।