logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपूर्वा – सर्लाहीको हरिपूर्वामा बिहीबार अपरान्ह ४ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ सडक भन्दा आठ मिटरजति तल खाली खेतमा खस्दा मोटरसाइकलमा सवार दुई जना पुरुषको घटनास्थमै मृत्यु भएको हो । मृतकको परिचय खुलिसकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कैलाश राईले प्रहरी चौकी हरिपूर्वाका प्रहरीले अहिले घटनास्थल सुरक्षित गरेर राखिरहेको र चुकुल्का गर्न तथा थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उज्यालो अभियानसँग बताए । “जिल्लाबाट मुद्दाको टोली नपुगेसम्म स्थानीय प्रहरी चौकीका प्रहरीले मृतकको शरीर खानतलासी गर्दैन,” डीएसपी राईले भने, “यहाँको टोली भर्खरै पुगेको छ । अब मृतकको साथमा कुनै कागजात फेला परे परिचय खुल्न सक्छ ।”

स्थानीयका अनुसार मृतक एक जना ३०÷३२ र एक जना ४५÷५० वर्ष जतिको देखिन्छन् ।