बलरा – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलराबाट गएसाँझ प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल–भारत सीमा नजिकै पर्ने बलरा नगरपालिका–१, हथियौलस्थित भित्री सडकबाट २० केजी गाँजा बरामद गरेको हो ।
बलरा हुँदै भारततर्फ जाँदै गरेको नम्वरप्लेट नै नरहेको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा मोटरसाइकल चालक भने फरार भएका छन् । ती व्यक्तिले मोटरसाइकलको पछाडि बाँधेर खुलेयाम रुपमा भारततर्फ गाँजा ‘पास’ गराउन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।