logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जनमत पार्टी सर्लाहीको इन्चार्जमा श्रीचन यादव


  • उज्यालो अभियान

बलरा – डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सर्लाही इन्चार्जमा श्रीचन यादव चयन भएका छन् ।

पार्टी अध्यक्ष राउतले मधेशका ६ जिल्लामा इन्चार्ज तोक्दा सर्लाहीमा यादवलाई इन्चार्जको जिम्मेवारी दिएका हुन् । श्रीचन गत मंसिरमा भएको निर्वाचनमा सर्लाही क्षेत्र नं. ४ (ख) मा प्रदेश सभा सदस्यका प्रत्यासी हुन् ।

त्यसबेला माओवादीमा सक्रिय श्रीचनले फकिरा महतोले पार्टीबाट टिकट पाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । अहिले श्रीचन जनमत पार्टीमा प्रवेश गरी इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

क्षेत्र नं. ४ स्थित बलरा नगरपालिकाको छतौना निवासी श्रीचनलाई बिदेशमा चेलिबेटी बेचबिखनको आरोप लागेको थियो ।