logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बालबालिकालाई लक्ष्मी लघुवित्तको वित्तीय साक्षरता कक्षा


  • उज्यालो अभियान

गैर – विश्वव्यापी वित्तीय सप्ताह अन्तर्गत सर्लाहीको गैर बजारस्थित लक्ष्मी लघुवित्तले बिहीबार स्थानीय एक विद्यालयमा अध्ययनरत् बालबालिकालाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

११ औं विश्वव्यापी वित्तीय सप्ताह अन्तर्गत आम सर्वसाधारणमा चेतना जगाउने उद्देश्यले लघुवित्तले गैरबजारस्थित माध्यमिक विद्यालयमा अध्ययनरत् बालबालिकालाई वित्तीय साक्षरता कक्षा प्रदान गरेको हो । लघुवित्तका शाखा प्रवन्धक सुवाश भण्डारीले ग्रामीण भेगमा रहेको यस शाखाले अनलाइन ठगी, जाली नोटको पहिचान लगायतका बारेमा बालबालिकालाई जानकारी गराई वित्तीय सप्ताह मनाएको जानकारी दिए ।

उनले माविका ८ र ९ कक्षामा अध्ययनरत् ९० जना बालबालिकालाई वित्तीय कारोवार सम्बन्धी विभिन्न किसिमका ठगीको बारेमा जानकारी दिंदै सचेत पारेको बताए । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २० मार्चदेखि २६ मार्चसम्म वित्तीय कम्पनीहरुले सप्ताह मनाउन सुरु गरेको हो ।