logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

फूलजोर पुलमा टिपर दुर्घटना


  • उज्यालो अभियान

रानिगन्ज – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल छेउमा बिहीबार बिहान एउटा टिपर दुर्घटनामा परेको छ ।

ढुंगा बोकेर पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५७८९ नम्वरको टिपर आफै अनियन्त्रित भई लालबन्दी १७ रानिगन्जस्थित फूलजोर पुलको मुखैमा पल्टिएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरी चौकी फूलजोरले जनाएको छ ।