logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा भोली र पर्सी आदिवासी जनजाति युवा महासंघको ८ औँ राष्ट्रिय सम्मेलन, पर्यटनमन्त्रीले उद्घाटन गर्ने


  • उज्यालो अभियान

पत्रकार सम्मेलन । तस्बिर : शंकर श्रेष्ठ

घनश्याम बलम्पाकी/हरिवन – सर्लाहीको हरिवनमा भोली र पर्सी दुई दिन आदिवासी जनजाति युवा महासंघ नेपालको ८ औँ राष्ट्रिय सम्मेलन हुने भएको छ ।

आयोजकले आज साँझ हरिवनमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो । हरिवन ११ स्थित सम्राट पार्टी प्यालेसमा हुने सम्मेलनको भोली मध्यान्ह एक कार्यक्रमका बीच सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले उद्घाटन गर्ने महासंघका केन्द्रीय अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

सम्मेलनको उद्घाटनका अवसरमा भोली हरिवन बजारमा आदिवासी जनजातिको र्याली, झाँकीसहित विविध कार्यक्रम आयोजना गरिएको बताइएको छ । सम्मेलनले भावी नीति, कार्यक्रम, योजना र कार्यदिशा तय गर्ने महासंघका महासचिव किरण श्रेष्ठले बताए ।