हरिवन – सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा भर्खरै पुनः मतगणना सुरु भएको छ ।
हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत ७११ मत खसेकोमा मतगणनाका क्रममा ७१२ वटा मतपत्र भेटिएपछि मतगणना नै स्थगित भएको थियो । आज बिहान सर्वपक्षिय बैठक बसेर पुनः मतगणना सुरु गरिएको हो । स्ववियु निर्वाचन अन्तर्गत सुखेपोखरीमा ९७० जना विद्यार्थीमध्ये ७११ जना विद्यार्थीले मतदान गरेका थिए ।
यहाँ संयुक्त प्यानल र एमालेको अनेरास्ववियुबीच कडा प्रतिस्पर्धा देखिएको छ । सभापतिमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रेमराज दाहालले ३५० र अनेरास्ववियुका सन्दीप थापाले पनि ३५० नै मत प्राप्त गरेका छन् ।
दुवै उम्मेदवारले बराबार मत ल्याएको अवस्थामा एउटा मतपत्र बढी भेटिएपछि समस्या भएको छ । अब फेरि गणना गन्दा पनि बराबर मत आए गोलाप्रथा गरी नतिजा निकालिने बताइएको छ ।