logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हजरियामा ७३७ जना महिलाको पाठेघरको उपचार


  • उज्यालो अभियान

हजरिया – सर्लाहीको बरहथवा नगरपालिका–२, हजरियामा आयोजित २ दिने शिविरमा ७३७ जना महिलाको पाठेघरको उपचार गरिएको छ ।

हजरिया सेवा समाजले रिप्पल नेपाल नामक संस्थासँग प्राविधिक सहयोग लिएर हिजो र आज दुई दिन आयोजना गरेको शिविरमा ठूलो संख्यामा स्थानीय महिलाहरुले सेवा लिएका हुन् ।

हजरिया सेवा समाजका अध्यक्ष अशोक कार्कीले हिजो ४३५ र आज ३०२ जना महिलाले सेवा लिएका जानकारी दिए । उनका अनुसार ८० जना पाठेघर खसेका, ३४ जनाको पाठेघरमा रिंग राखिएको, ३० जनाको शल्यक्रिया गरिएको तथा अन्य समस्या भएकाको उपचार गरिएको छ ।

शिविरको आज बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवालले समापन गर्नुभएको हो । हजरिया सेवा समाजले बर्सेनि सामाजिक काम गर्दै आइरहेको छ ।

संस्थाले गएको साउनमा बरहथवा नगरपालिका १, २, ३, ४ र १५ मा बरहथवा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई १०१ थान पंखा प्रदान गरेको थियो ।