लालबन्दी – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सर्लाहीका तीनवटै क्याम्पसमा मतदान सुरु भएको छ ।
बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि तयारी गर्दा गर्दै केहीबेर ढिला गरी मतदान सुरु भएको हो । अहिले तीनवटै क्याम्पसमा विद्यार्थीहरु लामवद्ध भएर शान्तिपूर्ण रुपमा मतदान गरिरहेका छन् ।
मतदान बेलुका ४ बजेसम्म चल्ने छ । सर्लाही क्याम्पस मलंगवामा २२ सय ३७ जना, जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा ९९६ र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखपोखरीमा ९९६ जना मतदाता (स्नातक तह र स्नाकोत्तर तहमा भर्ना भएका विद्यार्थी) छन् ।
स्ववियु निर्वाचनलाई मध्यनजर गरी तीनवटै क्याम्पसमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बेलुका ४ बजे मतदान सकिए लगत्तै बैठक बसेर मतगणना सुरु गरिने निर्वाचन अधिकृतहरुले बताएका छन् ।
राति अबेरसम्ममा मतगणना सकेर नतिजा समेत सार्वजनिक गर्ने तयारी छ ।