यसअघिकै अर्काे घटनामा हत्या गरेकाे अवस्थामा फेला परेकाे शवकाे फाईल तस्बिर ।
मलंगवा – सर्लाहीको गोडैतास्थित उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र हजराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।
शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा ल्याइएको हो । अन्दाजी ४५/५० वर्षका हजरा हिजो दिउँसो आफ्नै घरदेखि करिव ३ सय मिटर पर लहरी बारीभित्र घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए ।
उनको मृत्यु वा हत्या के हो ? भनी प्रष्ट भइसकेको छैन् । सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी कैलाश राईले मृतक हजराको शव पोष्टमार्टमका लागि राति प्रादेशिक अस्पताल मलंगवा ल्याइ घटनाको अनुसन्धान भइरहेको बताए ।
प्रहरीले केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरिरहेको जनाएको छ । गोडैता नगरपालिका ८ निवासी हजरा गोडैता बजारमा एल्बेस्टरको व्यापार गर्थे ।