logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

छोरीको जन्मदिनमा पत्रकार मैनालीले बाँडे गुरुकुलमा शैक्षिक सामग्री


  • उज्यालो अभियान

लालबन्दी – पत्रकार प्रकाश मैनालीले आफ्नी छोरी अस्मी मैनालीको जन्मदिनमा शनिबार लालबन्दी ७ स्थित राधाकृष्ण गुरुकुलम डुमडुमेमा शैक्षिक सामग्री वितरण गरेका छन् ।

ईश्वरपुर नगरपालिका–७, बयलवास निवासी इमेज टेलिभिजन तथा हिमालयन टाइम्समा कार्यरत पत्रकार मैनालीले छोरीको जन्मदिनको अवसर पारेर दिउँसो गुरुकुलमका बटुकहरुलाई कापी र कलम वितरण गरेका हुन् । छोरी अस्मी ९ वर्ष पूरा भई १० वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा अन्तर्गत सँस्कृत अध्ययनका लागि गुरुकुलममा बस्दै आएका बटुकहरुलाई अध्ययनमा थोरै भएपनि टेवा पुगोस भनेर शैक्षिक सामग्री प्रदान गरेको पत्रकार मैनालीले बताए ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सामुदायिक रेडियो एकताका अध्यक्ष गोविन्द महत, जनज्योति बुहुमुखी क्याम्पसका अध्यक्ष दीपक अधिकारी, नेपाल किसान महासंघ सर्लाहीका अध्यक्ष विष्णुमणि घिमिरे, गुरुकुलुमका अध्यक्ष माधव खरेल, गुरुकुलमका प्राचार्य अच्यूतम प्रसाद दाहाल, विद्यार्थी नेता युवराज देवकोटा, प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।