logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हजरियामा पाठेघरको उपचार शिविर सुरु 


  • उज्यालो अभियान

हजरिया – सर्लाहीको बरहथवा नगरपालिका–२, हजरियामा शनिबारबाट महिलाहरुका लागि पाठेघरको उपचार गर्न २ दिने शिविर सुरु भएको छ ।

हजरिया सेवा समाजको आयोजना तथा रिप्पल नेपाल चितवनको प्राविधिक सहयोगमा शिविर राखिएको हो । महिला प्रजनन कार्यक्रम अन्तर्गत महिलाहरुको पाठेघरको जाँच तथा रिंग राख्ने उद्देश्यले आयोजना गरिएको शिविरमा ४३५ जना महिलाको उपचार गरिएको छ ।

शिविरमा १० वर्षपछि हुने पाठेघरको क्यान्सरबारे अहिले नै बताउने र जटिलता देखिएका महिलालाई धुलिखेल लगेर अप्रेसनको समेत व्यवस्था मिलाएको हजरिया सेवा समाजका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । कार्कीकै अध्यक्षतामा शनिबार बिहान बरहथवाकी मेयर कल्पना कटुवालले शिविरको उद्घाटन गरेकी हुन् ।

बरहथवा नगरपालिकाको वडा नं. १, २, ३, ४ र १५ लाई लक्षित गरी पाठेघरको जाँच तथा उपचार शिविर राखिएको हजरियाका स्थानीय महेश बरालले बताए ।