नवलपुर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी १ बागवानी जंगलमा शुक्रबार बिहान एउटा ट्रक सडकबाट तल खसेको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ८ ख ७३७३ नम्वरको ट्रक अनियन्त्रित भई बागवानी केन्द्र नजिकै सडकबाट तल खसेको हो । ट्रक रुखमा गएर ठोक्किँदा रुख नै ढलेको छ । दुर्घटनामा ट्रकका सह–चालक बागमती नगरपालिका–१० बस्ने २३ वर्षीय सन्तोष खत्री घाइते भएका छन् ।
खत्रीको लालबन्दीमै उपचार चलिरहेको छ । ट्रकका चालक भने सकुशल रहेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमै छन् भने ट्रक घटनास्थमै रहेको छ ।