logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ईश्वरपुरमा ग्रामीण अट्रासाउण्ड सेवा प्रारम्भ


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाले मंगलबारबाट ग्रामीण अट्रासाउण्ड सेवा प्रारम्भ गरेको छ ।

नगरपालिकाले स्वास्थ्य सेवा विभागसँग समन्वय गरी नगर अस्पताल बयलवासमा अट्रासाउण्ड सेवा सुरु गरेको हो । अब स्थानीय स्तरका गर्भवती महिलाले नगर अस्पतालमै सर्वसुलभ रुपमा अट्रासाउण्ड अर्थात् भिडियो–एक्सरे सेवा पाउने भएका छन् ।

ग्रामीण अट्रासाउण्ड सेवाको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य र उपमेयर रन्जिता देवी चौधरी भएर संयुक्त रुपमा उद्घाटन गरेका छन् । मेयर आचार्यले नगर अस्पतालमा रहेको अट्रासाउण्ड मेसिन बेला–बेलामा भक्तिपुर, गौरीशंकर, बेला र कालिन्जोरमा रहेका बर्थिङ सेन्टरमा समेत पठाएर त्यहाँका गर्भवती महिलाको गर्भ चेकजाँच गरिने बताए ।

जिल्लाको गोडैता नगरपालिकामा पनि केही साताअघि देखि ग्रामीण अट्रासाउण्ड सेवा प्रारम्भ गरेको थियो ।