logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिपुरमा स्काउटको ६ दिने पिटिसि तालिम सुरु


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुरमा नेपाल स्काउट र हरिपुर नगरपालिकाको आयोजनामा शनिबारबाट ५२१ बि.टि.सि तथा ३८० पिटिसि तालिम सुरु भएको छ ।

हरिपुर ७ स्थित चितायन खेल मैदानमा ६ दिनसम्म संचालन हुने आधारभूत प्रशिक्षणमा जिल्लाका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीको सहभागीता रहने बताइएको छ । प्रशिक्षणको हरिपुर नगरपालिका मेयर गोपाल पजियाले शुक्रबार बिहान उद्घाटन गरेका हुन् ।

आधारभूत प्रशिक्षणमा ६४ जना प्रशिक्षार्थी सहभागी छन् । तालिमको उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेललगायत विभिन्न शाखाका प्रमुखको उपस्थिति रहेको थियो ।

प्राकृतिक प्रकोप र जोखिममा परेकाको उद्धारका लागि ११ वर्ष देखि १६ वर्ष उमेरका विद्यार्थीका लागि यो तालिम प्रभावकारी हुने बताइएको छ ।

पुरुष राष्ट्रिय प्रशिक्षकमा कृष्ण चालिसे, महिला राष्ट्रिय प्रशिक्षकमा रतना देवी चावल, सहायक राष्ट्रिय प्रशिक्षक गंगा प्रसाद मैनाली, सहायक राष्ट्रिय प्रशिक्षकमा शिखर सिग्देल लगायतका प्रशिक्षकहरुले ६ दिनसम प्रशिक्षण प्रदान गर्ने छन् ।