प्रतिकात्मक तस्बिर ।
मलंगवा – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बलरामा कारले ठक्कर दिँदा १८ महिने शिशुको मृत्यु भएको छ ।
सोमबार साँझ भारततर्फ जन्ति लिएर हिँडेको एचआर २६ सीएच ९७०६ नम्वरको कारले ठक्कर दिँदा भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका–२, हथिऔल निवासी हरेराम सहनकी छोरी १८ महिनाकी माया कुमारीको मृत्यु भएको हो । शिशुलाई बाटोमा खेलिरहेका बेला कारले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटना लगत्तै शिशुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
मृतक बालिकाको शव सोही अस्पतालमा पोष्टमार्टम पश्चात मंगलबार दिउँसो परिवारले बुझेर लगेका छन् । प्रहरीले दुर्घटनामा संलग्न कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।