logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मेयरको पहलमा भक्तिपुर माविमा ३ वर्षपछि व्यवस्थापन समिति गठन


  • उज्यालो अभियान

भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा ३ वर्षपछि विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

आइतबार भएको अविभावक भेलाले पुरुषोत्तम बडाल अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा नयाँ व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा अनिता चौधरी, मनोज साह, जयलाल सहनी, रीता चापागाई र सुनिता महतो रहेका छन् ।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक सीताराम दाहाल सदस्य सचिव, वडाध्यक्ष विश्वनाथ सहनी मलाह सदस्य र शिक्षक प्रतिनिधिका रुपमा किसुनदेव सिंह पनि सदस्य रहेका छन् । ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित भेलामा ईश्वरपुर १ का वडाध्यक्ष धमेन्द्र राय यादव, २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्की, ३ का वडाध्यक्ष विश्वनाथ सहनी मलाह, नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरि दाहाललगायतको आतिथ्यता रहेको थियो ।

नगरप्रमुख मनोजकुमार आचार्यले लामो समयदेखि व्यवस्थापन समितिविहीन नगरभित्रका विद्यालयमा व्यवस्थापन समिति गठनलाई प्राथमिकता दिएका छन् । यसअघि नारायण मावि बयलवास र जनता मावि श्रीनगरमा पनि लामो समयपश्चात व्यवस्थापन समिति गठन गरिसकिएको छ ।