logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

१ नम्वर क्षेत्रमा माओवादी र कांग्रेसलाई धेरै मत


  • उज्यालो अभियान

लालबन्दी – सर्लाही क्षेत्र नम्वर १ मा प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।

माओवादीले यस क्षेत्रबाट नौ हजार ५०६ मत प्राप्त गरेको हो । दोस्रो स्थानमा रहेको नेकपा एमालेले सात हजार ९०२ मत प्राप्त गरेको छ ।

तेस्रो बढी मत नेपाली कांग्रेसले प्राप्त गरेको छ । कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ सात हजार ३३६ मत प्राप्त गरेको क्षेत्र नम्वर १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आठ हजार ६२९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले छ हजार ६८० मत, जनमत पार्टीले छ हजार ४८ मत, जनता समाजवादी पार्टी (जसपा) ले पाँच हजार ५७१ मत, नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच हजार ५१ मत, नागरिक उन्मुक्ति पार्टीले चार हजार ५३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन हजार ७६० मत प्राप्त गरेको छ । निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायका अनुसार प्रतिनिधिसभातर्फ १ नम्वर क्षेत्रमा ७५ हजार ४१७ मत खसेकोमध्ये ७१ हजार ८६३ मत सदर र तीन हजार ५५४ मत बदर भएको छ ।

यस्तै, प्रदेश सभातर्फ समानुपातिकमा नेपाली कांग्रेसले धेरै मत पाएको छ । कांग्रेसले क्षेत्र नं. १ (क) मा तीन हजार ६८० र (ख) मा पाँच हजार ९२०, माओवादी केन्द्रले (क) मा पाँच हजार ७५२ र (ख) मा तीन हजार २३१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले (क) मा छ हजार ८४७, (ख) मा एक हजार ७६५, नेकपा एमालेले (क) मा दुई हजार ३१९ र (ख) मा छ हजार २५० मत प्रात गरेको छ ।

यसैगरी, जनमत पार्टीले (क) मा तीन हजार ३६० र (ख) मा तीन हजार ४३८, जनता समाजवादी पार्टी (जसपा) ले (क) मा तीन हजार ७६१ र (ख) मा दुई हजार ७४८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले (क) मा एक हजार ५६३ र (ख) मा दुई हजार ६१५, नेकपा (एकीकृत समाजवादी) पार्टीले (क) मा ४२६ र (ख) मा तीन हजार ६१३ मत प्राप्त गरेको छ ।

प्रदेश सभातर्फ समानुपातिकमा ७५ हजार १५७ मत खसेकोमा ६९ हजार ८९५ मत सदर र पाँच हजार २६२ मत बदर भएको छ । निर्वाचन अधिकृत उपाध्यायले समानुपातिकतर्फको मतगणना आइतबार बिहान सम्पन्न गरिएको जानकारी दिए ।