हरिवन – बैङ्क तथा वित्तीय संस्थाले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गरेको भन्दै सर्लाहीको हरिवनका उद्योगी, व्यवसायीले बुधबार बिहान विरोध ¥याली निकालेका छन् ।
हरिवन चेम्बर अफ कमर्सको आयोजनामा स्थानीय उद्योगी, व्यवसायीले हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्गमा विरोध ¥याली निकालेका हुन् । विरोध ¥यालीमा चेम्बरका जिल्ला अध्यक्ष रामभक्त प्रधान, हरिवन चेम्बरका अध्यक्ष कृष्ण ओमपोतेलगायत अन्य उद्योगी, व्यवसायी सहभागी भएका थिए ।
बढाइएको ब्याजदर घटाउन अहिले देशैभरबाट उद्योगी, व्यवसायी सडकमा उत्रिएका छन् । बैङ्कले पछिल्लो समय कर्जामा १८ प्रतिसतसम्म ब्याज लिन थालेको उद्योगी, व्यवसायीको गुनासो छ ।
यही अवस्था रहीरहे सर्लाहीमा धेरै उद्योगी, व्यवसायी उद्योगधन्दा र व्यवसाय त्यागेर बस्नुपर्ने अवस्था आउन सक्ने उनीहरुको भनाई छ । अहिले घरजग्गा कारोवार समेत बन्द हुँदा उद्योगी, व्यवसायीलाई थप मार परेको गुनासो आइरहेको छ ।