logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज नेपाल प्रहरीका थप मद्धतमा जनशक्ति आउने


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – मंसिर ४ को निर्वाचनका लागि सर्लाहीमा आज (बिहीबार) बाट नेपाल प्रहरीका थप मद्धतमा जनशक्ति आउने भएका छन् ।

सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रवीण पोखरेलले प्रहरी हेडक्वार्टरसहित जनकपुर, पथलैयालगायतका क्षेत्रबाट थप मद्धतमा प्रहरी टोली आउन लागेको उज्यालो अभियानसँग बताए । उनका अनुसार सिपाहीदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्म थप मद्धतमा आउने छन् ।

आज बेलुकाबाट थप मद्धत टोली आउन लागेको हो । जिल्ला प्रहरी कार्यालय मलंगवा आउने टोलीलाई त्यहाँबाट मातहतका सबै युनिटमा खटाइने छ । एसपी पोखरेलका अनुसार चार वटै क्षेत्रमा डीएसपीको कमाण्डमा सुरक्षा बेश खडा गर्ने तयारी छ ।

यसअघि सशस्त्र प्रहरीले चारवटै निर्वाचन क्षेत्रमा डीएसपीको कमाण्डमा सुरक्षा बेश राखिसकेको छ । त्यस्तै, नेपाली सेनाले सुरक्षाको हिसाबले संवेदनशील मानिएको क्षेत्र नं. ४ स्थित धनकौलमा निर्वाचन सुरक्षा बेश राखेको छ ।