प्रतिकात्मक तस्बीर ।
मलंगवा – सर्लाहीको कविलासी नगरपालिका–४, जमुनियाँमा पोखरीमा नुहाउने गएकी एक बालिकाको डुबेर ज्यान गएको छ ।
स्थानीय सुनिल पासवानकी छोरी ८ वर्षीया सीता कुमारी पासवान सोमबार (हिजो) दिउँसो पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर ज्यान गएको हो । बालिकालाई स्थानीयले पानीमा डुबिरहेको अवस्थामा देखेपछि उपचारका लागि जमुनियाँ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बालिकाको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात परिवारले बुझेका छन् । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।