logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको बसबरियाबाट १ ट्रक चिनी प्रहरी नियन्त्रणमा


  • उज्यालो अभियान

मलंगवा – प्रहरीले आइतबार (आज) बिहान सर्लाहीको बसबरिया गाउँपालिका–३, बाट एक ट्रक चिनी नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छलेर लुकाईछिपाई प्रदेश ००१ ख ७५८८ नम्वरको ट्रकमा नयाँरोड–मधुवनी सडक हुँदै ल्याउँदै गरिएको ४ सय ८० बोरा चिनीसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो । चिनीसहित ट्रकका चालक र सह–चालकलाई पनि नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता (डीएसपी) विजय यादवले उज्यालो अभियानसँग बताए । डीएसपी यादवका अनुसार आज बिहान ४ बजेतिर अवैध चिनीसहितको ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

बरामद चिनी र ट्रक ५६ लाख मूल्य कायम गरी जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको छ । ट्रकका चालक र सह–चालक पनि भन्सारकै नियन्त्रणमा छन् । सर्लाही प्रहरीले केही साताअघि पनि नयाँरोड–मधुवन सडक हुँदै पूर्व–पश्चिम राजमार्ग नयाँरोडतर्फ ल्याउँदै गर्दा २ ट्रक चिनी बरामद गरेको छ ।