हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका ८ मा रहेको हरिपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष चन्द्रावती श्रेष्ठको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाकी व्यवस्थापक मन्जु चौधरीले गत आर्थिक वर्ष २०७८÷०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले एक वर्षमा ४ करोड ३४ लाख २६ हजार १६३ रुपैयाँ कूल कारोवार गरी ११ लाख ५९ हजार ७९५ रुपैयाँ खूद मुनाफा आर्जन गरेको जानकारी दिईन् ।
संस्थाकै प्राङ्गणमा भएको साधारण सभामा संस्थाले उत्कृष्ट बचतकर्ता, संस्थामा ल्याई धेरै दुध बेच्ने किसान, असल ऋणीलगायतलाई सम्मान समेत गरेको छ ।