मेयर बासुदेव अधिकारी आफै बसेर लालबन्दीमा जमार्ग अतिक्रमण गरि बनाईएका संरचना भत्काउँदै ।
लालबन्दी – सर्लाहीको लालबन्दीमा मंगलबारबाट पूर्व-पश्चिम राजमार्गमा ७५ फिटभित्रको अतिक्रमण हटाउन सुरु गरिएको छ ।
वडा नं. ९ को जनज्योति मावि अगाडिबाट सडक ७५ फिट क्लियर गर्न सुरु गरिएको नगरप्रमुख बासुदेव अधिकारीले जानकारी दिए । मंगलबार पहिलो दिन जनज्योति माविदेखि डुमडुमेसम्मको अतिक्रमा हटाइएको छ ।
धेरैले त स्वतस्फूर्त रुपमा ७५ फिट भित्रका संरचना र सरसामग्री हटाएका र अटेर गरिएका स्थानहरुमा मात्रै डोजर प्रयोग गरिएको नगरप्रमुख अधिकारीले बताए । उनले लालबन्दी बजार क्षेत्र पर्ने वडा नं. ६ र ७, वडा नं. १७ रानिगन्ज र वडा नं. १ नवलपुरक्षेत्रमा पनि सडक ७५ फिट खाली गराइने बताए ।
अहिले प्रत्येक पालिकाहरुले काठमाडाैंको सिको गर्दै सडकको अतिक्रमण खाली गराउन कस्सिएका छन् । हरिवन नगरपालिकाले साेमबारबाट यो अभियान सुरु गरिसकेको छ ।