logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवनकाे जुवा खालबाट मध्यरातमा पर्सा, महाेत्तरी र धनुषाका जुवाडे पक्राउ


  • उज्यालो अभियान

हरिवन – सर्लाहीकाे हरिवन नगरपालिका अन्तर्गत उत्तरी चुरे क्षेत्रबाट मध्यरातमा प्रहरीले काैडा खेलिरहेका १२ जना जुवाडेलाई नियन्त्रणमा लिएकाे छ ।

हरिवन नगरपालिका-२, चिसापानी स्थित बगैँचा भित्र बनाईएकाे छाप्राेमा कौडा (जुवा) खेलीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मलंगवाकाे टाेलीले साेमबार बिहान २ बजे छापा मारेकाे हाे । जुवा खालबाट नेरु २ लाख ७१ हजार ६०० तथा भारु २५० नगद समेत बरामद् भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)विजय यादवले जानकारी दिए । त्यस्तै कौडा ४ पिस , तास ४ पिस, पाउडर २ बट्टा, ओछयाउने कारपेट २ थान, काठको तखता ४ थान, हुक्का १ थान, सानो ईन्भटर १ थान, मोबाईल ८ थान समेत घटनास्थलबाट बरामद् भएकाे प्रहरीले जनायाे ।

पक्राउ पर्ने जुवाडे आराेपितहरुमा महोत्तरीकाे बर्दिबास नपा-८ निवासी २९ वर्षीय हिरा बहादुर श्रेष्ठ, औरही नपा-२ निवासी ३८ वर्षीय हरिनारायण महतो, पर्सा जिल्लाकाे प्रसौनीभाठा नपा-२ निवासी ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषा जिल्लाकाे मिथिला बिहारी नपा- ७ निवासी ५९ वर्षीय ईश्वरी साह रहेका छन् । त्यसैगरि सर्लाहीकाे हरिवन-२ निवासी ४९ वर्षीय टिका प्रसाद घिमिरे, ३० वर्षीय भिम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मान बहादुर थिङ, हरिवन नपा-१ निवासी ३५ वर्षीय तेज बहादुर गोले र ५३ वर्षीय शंकर श्रेष्ठ, लालबन्दी नपा-१ निवासी ३४ वर्षीय चान्द खाँ र कोडैना गापा-२ निवासी ५४ वर्षीय चुनीलाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मलंगवाका डीएसपी विजय श्रेष्ठ नेतृत्वकाे टाेलीले जुवा खालमा छापा मारेकाे हाे ।  अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा राखेर जुवातास नियन्त्रण ऐन अन्तर्गत कार्बाही प्रकृया अगाडि बढाईने प्रवक्ता यादवले जानकारी दिए । अधिकांश अभियुक्तले नाम थर ढाँटेकाे अनुमान सहित नागरिकता झिकाईएकाे र नागरिकता प्राप्त भएपछि सहि नाम थर र ठेगाना प्राप्त हुने प्रहरीले जनाएकाे छ ।

ठूलाे बँगैचाकाे बिचमा छाप्राे बनाएर बारैमास जुवा खेलाउने ठाउँकाे रुपमा तयार पारिएकाे स्थानमा जुवा खेलिरहेकाे अवस्थामा प्रहरीले छापा मारेकाे हाे । त्यहाँ जुवा खेलाए बापत बगैँचा धनीले मात्र दिनकाे १० हजार रूपैंया भाडा लिने गरेकाे स्थानीयले बताएका छन् ।