logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जिल्ला प्रहरी कार्यालयमा फेरि दुई डीएसपी


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय सर्लाही ।

मलंगवा – जिल्ला प्रहरी कार्यालय मलंगवामा फेरि दुई जना डीएसपी(प्रहरी नायब उपरीक्षक) भएका छन् ।

प्रहरी प्रधान कार्यालयले डीएसपी विजय श्रेष्ठलाई काज सरुवा गरेर यहाँ पठाएको हो । जिल्ला प्रहरीमा यसअघि देखि नै डीएसपी विजय यादव कार्यरत नै छन् । यादवको केही दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालयमा दरबन्दी कायम भएको थियो । डीएसपी यादव काज सरुवा भएर आउँदा पनि दुई जना डीएसपी भएका थिए ।

डीएसपी माधव प्रसाद बुढाथोकी एसपीमा बढुवा भएर गएपछि जिल्ला प्रहरीमा एक जना मात्रै डीएसपी भएका थिए । प्रहरी हेडक्वार्टरले अहिले पुनः काजमा नयाँ डीएसपी खटाएको हो ।

प्रहरी उपरीक्षक प्रविण पाेखरेलले दुईजना प्रनाउ हुँदा कार्यालयकाे दैनिक कामकाजका साथै घटना अनुसन्धान तथा कार्बाही प्रकृयामा निकै सहज हुने जानकारी दिए ।