मलंगवा – राष्ट्रिय भूमि आयोगका अध्यक्ष तथा सदस्यहरुले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसँग साेमबार भेटघाट गरेका छन् ।
भर्खरै नियुक्त भएका आयाेगका पदाधिकारीहरुले प्रजिअ गाैतमसँग परिचय एवं जिल्लाकाे अवस्था बारेमा छलफल गरेका हुन् । नियुक्ति पाएपछि पहिलाे काम अन्तर्गत आयाेगका अध्यक्ष एवं सदस्यहरुले प्रजिअ गाैतमसँग भेटघाट तथा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका छन् ।
संघीय सरकारले केही दिअघि मात्र राष्ट्रिय भूमि आयोग सर्लाहीको अध्यक्षमा बरहथवा नगरपालिका अन्तर्गत चन्द्रप्रकाश वाग्लेलाई नियुक्त गरेको छ । त्यस्तै, आयोगको सदस्यहरुमा ईश्वरपुरका मदन विश्वकर्मा, चन्द्रनगरका रणधीर यादव र बागमतीकी अन्जु पौडेल नियुक्त भएका छन् ।
आयोगले सर्लाहीमा भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउनेदेखि अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थिति किसिमले बसोवासका लागि प्रवन्ध मिलाउन पहल गर्ने छन् । आयोगको जिल्ला समितिमा नापी कार्यालयका प्रमुख सदस्य सचिव तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, भूमिसुधार तथा मालपोत र वन कार्यालयका अधिकृत स्तरका कर्मचारी सदस्य रहने छन् । राष्ट्रिय भूमि आयोगको यसअघिको समितिले लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती, हरिपुर, बरहथवामा भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासको फारम भर्ने काम गरिसकेको छ ।