logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

उज्यालाे अभियान समाचार प्रभाव : डिउटी नगर्ने लालबन्दीका अहेव चाैधरीलाई नारायणखाेला पठाईयाे


  • उज्यालो अभियान

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी ।

जनार्जन खत्री/लालबन्दी – सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका अहेव उपेन्द्र चौधरीलाई नगरपालिकाकै विकट क्षेत्रमा पर्ने नारायणखोला स्वास्थ्य चौकीमा सरुवा गरिएको छ ।

चौधरी बिहीबार बिहान स्वास्थ्य केन्द्रमा डिउटीको समयमा अस्पतालमा भेटिएका थिएनन् । सोही समयमा बेहोस भएर उपचार गर्न ल्याइएका एक जना बिरामीले उपचार नपाएपछि चाैधरी अस्पतालमा समयमै नआउने गरेकाे खुलेकाे हाे ।

उक्त लापरवाहीपछि चौधरीलाई शुक्रबार नगरपालिकाले नारायणखोला स्वास्थ्य चौकीमा सरुवा गरेर पठाएको हो । चौधरीले यसअघि पनि पटक–पटक आफ्नो डिउटीमा स्वास्थ्य केन्द्रमा नबसेर बाहिर नै रहने गरेको गुनासो आएको थियो ।

बिहीबारको लापरवाही र यसअघि पनि पटक–पटक हेलचेक्रर्याँई गरेकाले चौधरीलाई प्राथमिक स्वास्थ्य केन्द्रबाट नारायणखोला स्वास्थ्य चौकी सरुवा गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले उज्यालो अभियानसँग बताए । नारायणखोलामा स्वास्थ्य चौकी इन्चार्ज खाली समेत रहेकाले चौधरीलाई त्यहाँ पठाइएको तिमल्सिनाले बताए । ´लालन्बन्दीकाे प्राथमिक स्वास्थ्य केन्द्र लथालिंग, डिउटीमा भेटिदैनन् स्वास्थ्यकर्मी` शिर्षकमा यश उज्यालाे अभियान अनलाईनले समाचार प्रकाशित गरेकाे थियाे ।

नारायणखोलालाई सर्लाहीको कर्णालीका रुपमा चिनिन्छ । त्यहाँ अहिलेसम्म सडक सन्जाल पुगेको छैन् । नारायणखोला जान लालबन्दी नगरपालिका–१३ स्थित पत्थरकोटको छेडा गाउँबाट लखन्देही खोलाको बगरै–बगर जानुपर्ने बाध्यता छ ।

याे पनि पढ्नाेस्

लालबन्दीको प्राथमिक स्वास्थ्य केन्द्र लथालिंग, डिउटीमा भेटिदैनन स्वास्थ्यकर्मी