logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जन्मदिनमा पत्रकार झाले गराईन आश्रममा भोजन


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको वृद्धाश्रममा पत्रकार बन्दना झाले मिष्ठान्न भोजन गराएकी छिन् ।

जुटपानीस्थित पद्म भुवनेश्वरी नमुना वृद्धाश्रममा मंगलबार परेको जन्मदिनको अवसरमा मलंगवा नगरपाकिला–९ निवासी मिडिया काउन्सीलको मधेस प्रदेशकी सदस्य समेत रहेकी पत्रकार झाले मंगलबार बिहानको एक छाक मिष्ठान्न भोजन गराएकी हुन् ।

आश्रममा पत्रकार मनोज यादव, सुनिल ठाकुर, सोम दियाली, राकेश प्रसाद गुप्तालगायतका साथीहरुसँगै उपस्थित भएर आश्रमका वृद्ध वुबाआमालाई मिष्ठान्न भोजन गराएकोमा आश्रमकी व्यवस्थापक भवानी कोईरालाले पत्रकार झाप्रति धन्यवाद व्यक्त गर्दै जन्मदिनको शुभकामना दिएकी छन् ।