logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जन्मदिनको अवसरमा मैनालीद्वारा वृद्धाश्रममा खाद्यान्न


  • उज्यालो अभियान

वृद्धाश्रमा आश्रीत वृद्धाहरुबाट शुभाशिर्वाद लिँदै निरमुनी मैनाली । (तस्बिर : उज्यालो अभियान)

जुटपानी – नेपाली कांग्रेसका युवा नेता निरमुनी मैनालीले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।

भदौ २६ गते शनिबार परेको जन्मदिनको अवसरमा मैनालीले लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म–भूवनेश्वरी वृद्ध सेवाश्रममा खाद्यान्न सहयोग गरेका हुन् । हरिवन नगरपालिका–६, घुर्कौली निवासी मैनालीले शनिबार दिउँसो वृद्धाश्रममै पुगेर चामल, दाल, तेल लगायत खाद्यान्न तथा वृद्धवृद्धालाई फ्रुटी प्रदान गरेका थिए ।

आफ्नो जन्मदिनको अवसरमा वृद्धवृद्धालाई सम्झेर खाद्यान्न लगायत सहयोग गरेकामा वृद्धाश्रमकी अध्यक्ष भवानी कोइरालाले मैनालीप्रति आभार प्रकट गरिन् ।