logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीबाट पेस्तोल सहित भारतीय नागरिक पक्राउ


  • उज्यालो अभियान

भारतीय नागरिक गोलुकुमार दासको साथबाट फेला परेको नलकटुवा पेस्तोल । (तस्बिर सौजन्य : सशस्त्र प्रहरी)

त्रिभुवननगर – सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ब्रम्हपुरी गाउँपालिका–४ काली मन्दिर स्थित भारतीय सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलको त्रिभुवननगर बीओपीको टोलीले एकथान नलकटुवा पेस्तोल सहित भारत सितामाढी सोनवर्षा ग्राम पञ्चायत निवासी सोरिक दासका छोरा १७ वर्षीय गोलु कुमार दासलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । शुक्रबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका दासलाई शंका लागि नियन्त्रणमा लिएर चेकजाँच गर्दा नलकटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाका जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।