logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

ठाकुर–महतो समूहद्वारा मलंगवामा कार्यकर्ता भेला


  • उज्यालो अभियान

मलंगवा – निर्वाचन आयोगबाट आधिकारिता गुमाएको जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आइतवार सर्लाही सदरमुकाम मलंगवामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

सो समूहका नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा मलंगवास्थित कुसुम पार्टी प्यालेसको सभा हलमा भेला सम्पन्न भएको हो । जसपाको ठाकुर–महतो समूहका जिल्ला अध्यक्ष एवं कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री जितेन्द्र सोनल, पूर्व राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य गौरीनारायण साह, उपेन्द्र महतो लगायतले सम्वोधन गरे ।

आयोगबाट आधिकारिता गुमाएपछि जसपाको ठाकुर–महतो समूहले अहिले मधेसका जिल्लाहरुमा अगुवा कार्यकर्ता भेला आयोजना गरिरहेको छ । जसपाको उपेन्द्र यादव समूहका सर्लाही अध्यक्ष द्वोय वीरेन्द्र कुमार राय र कौशल किशोर यादवले अस्ती सुक्रवार नै प्रेस विज्ञप्ती निकालेर आज आयोजित कार्यक्रम जसपाको आधिकारिक कार्यक्रम नरहेको उल्लेख गरेका थिए ।