logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मन्त्री सिंहलाई सर्लाहीको रामनगरमा ४० किलोको मालाले सम्मान


  • उज्यालो अभियान

मन्त्री सिंहलाई सर्लाहीको रामनगरमा ४० किलोको मालाले स्वागत गरिँदै ।

रामनगर – प्रदेश २ सरकारका नवनियुक्त महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहलाई आइतवार दिउँसो सर्लाहीको रामनगर गाउँपालिमा ४० किलोको मालाले स्वागत तथा सम्मान गरिएको छ ।

रामनगर गाउँपालिका-३, स्थित माध्यमिक विद्यालयको प्रांगणमा भएको कार्यक्रममा सर्लाही क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य समेत रहेका मन्त्री सिंहलाई उनको पार्टी कांग्रेसका नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।

उनलाई आइतवार बिहानै बरहथवा नगरपालिका वडा नं. १४ मा पनि वडाध्यक्ष र स्थानीय वासिन्दाले स्वागत गरेका थिए ।

धनकौल गाउँपालिका निवासी सिंह प्रदेश सरकारको मन्त्री भएपछि अहिले गृहजिल्ला आएर आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्तासँग भेटघाटमा ब्यस्त छन् ।