logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा हुस्सु हटेर घाम लाग्यो, चिसो भने उस्तै


  • उज्यालो अभियान

सर्लाहीको मनुषमारास्थित हावापानी मापन केन्द्र । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीमा बिहान लागेको बाक्लो हुस्सु हटेर अहिले पारिलो घाम लागिरहेको छ ।

यस क्षेत्रमा हिजो पनि दिनभर पारिलो घाम लागेपनि आज भने बिहानै बाक्लो मात्रामा हुस्सु लागेको थियो । तर अहिले जिल्लाको सबै क्षेत्रमा हुस्सु हटेर घाम लागिरहेको छ । दिनहुँजसो बाक्लो हुस्सु र शीतले कठ्यांग्रिदो चिसो हुँदा जनजीवन प्रभावित बनेको छ । विशेष गरी झुप्रा बस्तीका अति विपन्न, मजदुर र पिछडिएको दलित परिवार बढ्दो चिसोबाट प्रभावित बनेका हाम्रा संवाददाताहरुले जनाएका छन् ।

बाक्लो हुस्सु लागेपनि यहाँको तापक्रम अघिल्लो दिनको तुलनामा आज बढी मापन गरिएको छ । आज बिहान ७ बजे सर्लाही जिल्लाको न्यूनतम तापक्रम ९ डिग्री सेल्यिसम मापन गरिएको हो । गत सुक्रवारदेखि हिजोसम्म यसै समयमा यहाँको तापक्रम ७ डिग्री सेल्सियसमा झरेको थियो । चिसो बढ्दा मजदुर तथा किसानलाई काममा निस्कन समस्या भइरहेको छ ।

यस्तो चिसोमा अघिल्ला वर्षहरुमा विद्यालयहरु बन्द हुने गरेका भएपनि यो वर्ष कोरोना संक्रमणका कारण लामो समयदेखि भर्खरै खुलेका विद्यालयहरुमा पठनपाठन भइनै रहेका छन् । यता चिसो बढ्दा बजारमा न्यानो कपडाको व्यापार भने ह्वात्तै बढेको छ ।