वुद्धबहादुर विश्वकर्मा/परवानीपुर, १० असार – सर्लाहीको लालबन्दी नगरपालिका १६ मा रहेको माध्यमिक विद्यालय तीनघरेमा आज नेपालका लागि फिनल्याण्डका आवासीय राजदूत पेट्री पुहाक्कासहितको टोलीले भ्रमण गरेको छ ।

लालबन्दी नगरपालिकाभित्रको नमूना विद्यालयको रुपमा रहेको मावि तीनघरेको शैक्षिक तथा भौतिक अवस्थाबारे फिनल्याण्डका राजदूतसहितको टोलीले अवलोकन भ्रमण गरेको हो । भ्रमण टोलीमा यूनिसेफका विभिन्न प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
उक्त टोलीलाई लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, वडाध्यक्ष गणेशबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल, शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी, विद्यालयका प्रधानाध्यापक जयराज भट्टराईलगायतले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए ।

फिनल्याण्डका राजदूतसहितको टोलीलाई विद्यालयका शिक्षक, व्यवस्थापन समिति सदस्य, अभिभावक, विद्यार्थीलगायत भएर स्वागत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द अधिकारीले बताए ।