पत्थरकोट, ३० फागुन – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोट क्षेत्रबाट लागुऔषध गाँजासहित १ युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी ११ बाहुनी टोल बस्ने २१ वर्षीय सोम तामाङ रहेका छन् । तामाङलाई नारायणखोला मोटरदोभानतर्फबाट बा ४७ प ८६६४ नम्वरको मोटरसाइकलमा राखेर जियाजोरतर्फ गाँजा लिएर आउँदै गर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
तामाङले सिटममा बाधेर ल्याएको झोलाबाट १० किलो ४१४ ग्राम लागुऔषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका तामाङलाई लालबन्दी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।