logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

चाँदीका अवैध गरगहनासहित एक जना पक्राउ


  • उज्यालो अभियान

मलंगवा, २६ फागुन – सर्लाही सदरमुकाम मलंगवामा चाँदीका अवैध गरगहनासहित एक जना पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका–९, बस्ने ५५ वर्षीय गौरीशङ्कर साहलाई प्रहरीले अवैध चाँदीका गरगहनासहित न्ुिसृउयन्त्रणमा लिएको हो । साहको साथबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएको ९१५.४६० ग्राम चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मलंगवा नगरपालिका–९, ट्रायल सेन्टर अगाडिको बाटो हुँदै भारतबाट अवैध रुपमा चाँदीका गरगहना ल्याउँदै गर्दा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।

साहलाई आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।