हरिवन, ०२ माघ – जेनजी आन्दोलनमा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका एक कैदीबन्दीलाई हरिवन प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध मुद्दामा पुर्पक्षमा जलेश्वर कारागारमा रहँदा जेनजी आन्दोलनमा कारागारबाट अन्य कैदीबन्दीसहित फरार भएका हरिवन नगरपालिका–३, डाबरी टोल बस्ने ३४ वर्षीय फेकन साह पक्राउ परेका हुन् । साह घरमा आएर लुकिछिपी बसिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रदेव अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
साहलाई आवश्यक कारवाहीका लागि कारागार कार्यालय मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।